Friday, 25 September 2015

China celebrate 70 years anniversary of ww2

भाद्र १७, २०७२- आकाशभर उडेको लडाकु जेट, सयौं ट्यांक, मिसाइल र सैनिक परेडसहित चीनले दोस्रो विश्वयुद्ध अन्त्य भएको ७० औं बर्षगाँठ भव्यताका साथ मनाएको छ । साथै, चीनले आफ्नो सैनिक घटाउने प्रतिबद्धता जनाएको छ जसका कारण विश्वलाई चीन खतरा होइन भन्ने संकेत मिल्नेछ ।
चीनले सात दशकअघि जापानलाई विश्व युद्धमा पराजित गरेको सम्झना भव्यतापूर्वक गरेको हो । बर्षगाँठ मनाउन आयोजित सैनिक परेडको क्रममा बिमानले ७० को आकार बनाएका थिए । बर्षगाँठको परेडमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, दक्षिण कोरियाली राष्ट्रपति पार्क गिउन र राष्ट्रसंघका महासचिव वान कि मुनसमेत उपस्थित थिए ।
‘युद्धको अनुभवले मानिसहरुमा शान्तिको मूल्य बढाउँछ’, परेडको क्रमाम चिनियाँ राष्ट्रपति सी जिङपिङले भने,‘चीनले आफूले पहिला भोगेको दु:ख अरुलाई लाद्ने छैन् ।’ परेडमा सहभागी हुन विभिन्न मुलुकका सैनिक सहभागी थिए ।

No comments:

Post a Comment